Logo
Logo

सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल कति ?


5.8k
Shares

काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताए ।

मन्त्री शर्माका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ पैसा र मध्यम धानको रु ३५८०.६२ पैसा न्यूनतम समर्थन मूल्य तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्