काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा जारी १०औँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो ।

यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् । एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ ।
एक नेताका अनुसार नेताहरूबीच सहमति जुट्न नसक्दा बाँकी १८ पदाधिकारी चयन हुन सकेको छैन । नवनिर्वाचित केन्द्रीय समितिको शनिबार बसेर बाँकी काम टुंग्याउने र चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउने नेता राजेन्द्र पाण्डे बताए ।
प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।


