Logo
Logo

कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाकै मृत्यु


378
Shares

कैलाली । कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाकै मृत्यु भएको छ । मंगलबार दिउँसो लम्की चुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक र अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक मंगलबार बाटोमा अचेत अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

त्यस्तै, लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका अन्दाजी ५६ वर्षका पुरुषको पनि मृत्यु भएको छ । उनलाई इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै घटनाका बारेमा अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्