Logo
Logo

विश्वासको मतबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो २ २ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । माओवादी केन्द्रले समग्र राजनीतिक परिस्थितिको जानकारी सांसदहरुलाई गराउन पनि दलको बैठक बोलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्