Logo
Logo

एमाले सचिवालय बैठक : यी एजेण्डामा छलफल जारी


2.8k
Shares

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसरिहेको छ । ललितपुरको च्यासलस्थित मुख्यालयमा केहिबेरअघिदेखि बसिरहेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

बैठकले मन्त्री छान्न मापदण्ड पनि तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनकाअनुसार मन्त्री छान्ने एमालेले ६ वटा आधारमा छलफल चलाइरहेको छ ।

त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने छ । ज्ञवालीका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ । यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन् ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान समेत चलाउने निर्णय गरेको छ । त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो । आजको सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्