Logo
Logo

आँप टिपेको निहुँमा विवाद हुँदा १७ वर्षीय किशोरको हत्या


504
Shares

काठमाडौं । रौतहटमा एक १७ वर्षीय किशोरको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका १ बौधापतौरा गाउँ घर भई हाल ईशनाथ ३ स्थित आफ्नै मामा घर बस्दै आएका १८ वर्षीय दशई साह र उनको साथी स्थानीय १९ वर्षीय रोशन साह रहेका छन् ।

उनीहरुले ईशनाथ नगरपालिकामा आँप टिपेको विषयमा ईशनाथ–९ लवातना गाउँका सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटना लगतै मंगलबार राति पक्राउ परेका ४ जना मध्ये अनुसन्धान पश्चात् दुई अभियुक्त दशई र रोशनलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैँचामा दशईले पछाडिबाट अनुहार टाउकोमा रड प्रहार गरेको र उनी भुईँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घटनाको १ दिन अघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलम संग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई २, ४ थप्पड हानेका थिए ।

सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए । आरोपी दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्