Logo
Logo

ओली नेतृत्वको सरकारमा विश्वप्रकाश नजाने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने भएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको पार्टी कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले ओलीको नेतृत्वमा बन्ने सरकारमा आफु नजाने बताएका हुन् ।

१७ असारमा नेकपा एमाले र कांग्रेसबीच सत्ता समीकरण बनाउने समझादरी भएको छ । सो समझदारीअनुसार पहिलो कार्यकाल एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने छन् । दुई ठूला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक रहेको पनि उनले सुनाए ।

‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ शर्माले भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’ दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्