Logo
Logo

नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग : संयोजक सूर्य थापा


252
Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको देखिएको जनाएको छ ।

बिहीबार सिंहदरबारमा बिभिन्न सरोकारवाला निकायसँगको छलफलमा राज्यका नियमनकारी निकायहरुले ध्यान नदिदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरुले मौका छोपको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

सहकारी क्षेत्रमा संरचनागत प्रवन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउदै नवनाउने, नियमनकारी निकायहरु कमजोर हुने र दोश्रो चरणको नियमनकारी निकाय २० बर्षसम्म छलफलमा मात्रै सिमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए ।

बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार बिभागका महानिर्देशक, आन्तरिक राजस्व बिभागका महानिर्देशक लगाएतसंग सहकारी क्षेत्रको समस्याका बारेमा छलफल गरेको समिति संयोजक थापाले जानकारी दिए ।

संविधानले अर्थतन्त्रको महत्वपूर्ण खम्वाका रुपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको बिकृति, बचत अपचलन लगाएतका समस्याको समधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्