Logo
Logo

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित


441
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको छ । बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कुनैपनि मन्त्री उपस्थीत नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो ।

बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थीत नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरेका थिए । संविधान अनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरु उपस्थीति हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने उनले बताए ।

त्यसलगतै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली अनुसार बैठकमा मन्त्रीको उपस्थीति अनिवार्य रहेको र बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थीत नभएकाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमलाई हटाउदै शुक्रबार ११ बजे बस्नेगरि बैठक स्थगित गरे ।

बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै गर्दा मन्त्रिहरु भने सिंहदरबारमा मन्त्रीपरिषद्को बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्