स्याङजा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर दिदी–बहिनीको ज्यान गएको छ ।

पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको आइतबार दहमा डुबेर ज्यान गएको हो । लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्थे ।
घरदेखि ५०० मिटर टाढा रहेको पधेंरोमा नुहाउन र लुगा धुन गएका बेलामा उनीहरु दहमा डुबेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।














