
काठमाडौं । न्यूरोड क्षेत्रमा फुटपाथ (सडक पेटी) विस्तार गर्न काठमाडौं महानगरपालिकालाई बाटो खुला भएको छ ।
महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजनाका काम डिभिजन सडक कार्यालय, काठमाडौंको रोकेपछि त्यसको विरुद्धमा महानगर उच्च अदालत पाटन पुगेको थियो ।
जसमा आइतबार अदालतले अन्तरिम आदेश गर्दै महानगरको मागबमोजिमको फैसला सुनाएको हो । अदालतले माग बमोजिम आदेश दिएपछि महानगरलाई फुटपाथ विस्तारको काम सुचारु गर्ने बाटो खुलेको हो ।














