
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला– गगन थापा समूहले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । आज शीर्ष नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएका हुन् ।
जसमा प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने भएका हुन् ।