Logo
Logo

शपथलगत्तै पार्टी कार्यालय सानेपा पुगे कांग्रेसका मन्त्रीहरू


1.8k
Shares

काठमाडौं । शीतल निवासमा शपथ लिएलगत्तै नेपाली कांग्रेसबाट मन्त्री भएकाहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । कांग्रेसले सरकारमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा १० जना मन्त्री पठाएको छ ।

सिंह उपप्रधान तथा सहरी विकास मन्त्री बनेका छन् । मन्त्रीसिंहसहित ९ जना मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । शपथपछि मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालय पुगेर बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेको उपप्रधान तथा सहरी विकास मन्त्री सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्