Logo
Logo

सरकार फेरिएसँगै पहिलोपटक आर्थिक विधेयक संशोधन


630
Shares

काठमाडौं । सरकार फेरिएसँगै पहिलोपटक आर्थिक विधेयक संशोधन भएको छ ।

प्रधानमन्त्रीबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हटाएर कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै सोमबार राष्ट्रियसभामा आर्थिक विधेयक संशोधनसहित पारित भएको हो ।

माओवादीसँगको सत्ता सहकार्यमा हुँदा प्रतिनिधिसभामा जस्तोको त्यस्तै पारित गर्न मतदान गरेको एमालेले राष्ट्रियसभामा पुगेपछि आर्थिक विधेयकको दफा ३६ (६) लाई संशोधन प्रस्ताव दर्ता गरेको थियो।

एमालेको तर्फबाट सचेतक भगवती न्यौपानले राखेका संशोधनलाई शपथ ग्रहण र पदभार लगत्तै उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा स्वीकार गरेका हुन् ।

अर्थमन्त्री संशोधन स्वीकार गरेसँगै अघिल्ला अर्थमन्त्री वर्षमान पुनको आयकर ऐन २०५८ को दफा ५७ संशोधन गर्ने प्रयास विफल भएको छ। उनले आर्थिक विधेयक २०८१ को दफा ३६ (६) मा आयकर ऐनको दफा ५७ (१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरेर संशोधन गर्ने प्रस्ताव राष्ट्रियसभाबाट अस्वीकृत भएको हो।

असार १७ गते राति एमालेले माओवादीसँगको सत्ता यात्रा छाडेर कांग्रेससँग मिलेर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेसँगै एमाले दफा ५७ संशोधन विरुद्ध उभिन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्