Logo
Logo

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछु : खानेपानीमन्त्री


315
Shares

काठमाडौँ । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन् ।

आज सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले मेलम्चीमा देखिएको चुनौती समाधान गरेर बाह्रै महिना खानेपानी उपलब्ध गराउने गरी काम गर्ने बताए । “मेलम्ची खानेपानी आयोजना यतिबेला बन्द छ, अब बाहै्र महिना, २४ घण्टा मेलम्चीको पानी ल्याउने गरी काम गर्नुपर्नेछ”, उनले भने, “खानेपानीको क्षेत्रमा बजेट कम भयो भनेर नआत्तिनुस् बजेट व्यवस्थापन गर्नेछु, सबै मिलेर खानेपानी समस्या समाधानमा लागौँँ ।”

जलवायु परिवर्तनलगायतका कारणले जमिनमुनी पानीको सतह घट्ने, पानीको स्रोत सुक्नेलगायत समस्या देखिन थालेको भन्दै मन्त्री यादवले सबै मिलेर उल्लेखित समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिए । “उपत्यकामा मात्रै होइन, खानेपानीको समस्या तराईलगायत अन्य क्षेत्रमा पनि बढ्न थालेको छ । अब मेलम्चीलगायत अन्य खानेपानी आयोजना तर्जुमा गरेर जनतामा पानीको सहज पहुँच पुर्‍याउन लागिपर्ने छु”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्