Logo
Logo

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीद्वारा शुभकामना


378
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । नेपालको ४५ औं प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेपछि पाकिस्तानी प्रधानमन्त्रीले ओलीको कार्यकालको सफलताको कामना गरेका हुन् ।

उनले पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन ओलीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् ।

पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्