Logo
Logo

चितवनबाट वीरगन्ज जाँदै गरेको बस पल्टियो


6.7k
Shares

काठमाडौं । चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना भएको छ । आज (मंगलबार) बिहान पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्