
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एकैपटक ६ वटा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
बैंकले आइतबार सुनसरीको हरिनगरा नगरपालिका–२, भुटाहास्थित शाखा कार्यालय भुटाहा, काठमाडौं महानगरपालिका–२, लाजिम्पाटस्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं महानगरपालिका–४, सुकेधारास्थित शाखा कार्यालय सुकेधारा, कास्कीको पोखरा महानगरपालिका–१, हरिचोकस्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका–६, मैनापोखरस्थित शाखा कार्यालय मैनापोखरबाट कारोबार सुरु गरेको हो ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आइतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।











