
काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र उनका बुहारी २५ वर्षीया समीक्षा राईको मृत्यु भएको हो । सोही पहिरोमा ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए ।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।














