Logo
Logo

आगामी कार्यक्रम बनाउन कार्यदल गठन गर्ने समाजवादी मोर्चाको निर्णय


3.3k
Shares

समाजवादी मोर्चाले पछिल्लो राजनीतिक घटनाक्रमका साथै यसअघिको मोर्चाको कामको समिक्षा गर्दै दस्तावेजिकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले दस्तावेजिकरणका लागि चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

त्यस्तै, बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्दै प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चमगनका साथै बिगतको उपलव्धी प्रति हुनसक्ने प्रहार प्रति चिन्ता व्यक्त गरेको छ ।

बैठकले अरु सवै प्रगतिशिल कम्युनिष्ट घटकका साथै उपेन्द्र यादव र मोहन बिक्रम सिंहलाई पनि मोर्चामा ल्याउने पहल गर्ने निर्णय गरेको नेकपाका नेता खड्क विश्वकर्माले जानकारी दिए ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्