Logo
Logo

कृषि मन्त्रालयका कर्मचारीको आन्दोलन स्थगित


567
Shares

काठमाडौं । १७ दिनदेखि धर्नामा बसेका कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् ।

१५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि मन्त्रालयकाको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगित गरेका हुन् ।

कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । धर्ना स्थगित गरेपनि आफुहरुको माग पुरा नभएसम्म काममा भने नफर्किने उनीहरुले निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्