Logo
Logo

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण


441
Shares

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत  १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।

बैंकको तर्फबाट हेटौंडा शाखाका प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट मार्केटिङ अधिकृत अन्जन कर्मचार्यले संयुक्त रुपमा उक्त रकम बराबरको बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दुर्घटनाका कारण मृत्यु भएका कार्कीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । कम्पनीले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, १० हजार रुपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको बताएको छ ।

कम्पनीको  देशका सात वटै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्