Logo
Logo

घरायसी विवादमा जंगल बहादुरको हत्या, श्रीमती र छोरी पक्राउ


756
Shares

काठमाडौं । सर्लाहीमा ५९ वर्षीया एक पुरुषको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्लाको ईश्वरपुर नगरपालिका–१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण छोरी र श्रीमतीले कुटपिट गर्दा जंगल बहादुरको आफ्नै घरको कोठामा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरंगजले जनाएको छ । घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रह्रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्