Logo
Logo

२६ वर्षीय युवकबाट ९ वर्षीया बालिका बलात्कृत


1.4k
Shares

काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नर बहादुरले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगि जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्