काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । यस्तै, आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो । दुवैले मन्त्री वा सोसरह सुविधा पाउनेछन् ।
यसअघि ०७४ मा ओली प्रधानमन्त्री रहेका वेला पनि रिमाल प्रमुख राजनीतिक सल्लाहकार थिए । रिमाल हाल एमालेको उपमहासचिव छन् ।
डा. खतिवडा भने ओली नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री थिए । डा. खतिवडा त्यसवेला राष्ट्रिय सभा सदस्य थिए । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि पनि ओलीले उनलाई ६ महिनासम्म अर्थमन्त्री नियुक्त गरेका थिए ।














