Logo
Logo

संसदमा सोमबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर


1.1k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा यहि साउन ७ गते सोमबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । कांग्रेससहित ४ दलको समर्थनमा केहि दिनअघि मात्रै प्रधानमन्त्री नियुक्त भएका एमाले अधयक्ष केपी शर्मा ओलीसँग संसद्मा पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो ।

सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकबीचको छलफलले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम साउन ७ गर्ने तयारी गरेको हो । सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई आज बस्ने संसदको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था छ । नियमावलीले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था गरेको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्ने गरी दुई साताको प्रतिनिधि सभाको कार्यतालिका तय भएको जानकारी दिए । कार्यतालिकामा यसअघि झैँ सभा र समितिका लागि सातामा तीन तीन दिनको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्