काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बालुवाटारस्थीत शेखर कोइरालाको सचिवालयमा पुगेर सुजाता कोइरालाले आफुभित्र कुनै विवाद नरहेको भन्दै आगामी आगामी महाधिवशेनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
पार्टीका अग्रज आफ्ना परिवारहरुले देखेको सपना पुरा गर्ने नेतृत्वदायीक भूमिका शेखर कोइरालाले लिएको भन्दै कोइरालाले मुलुकलाई निकास दिन एकजुट हुने उल्लेख गरे ।
त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले देश अप्ठेरो अवस्थामा रहेका बेला सवै मिलेर अघि बढ्नुपर्ने बताए । उनले बिगतमा केहि तलमाथि भएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको भन्दै पुन एकतावद्ध भएर अघि बढ्ने धारणा राखे ।
उनले आगामी महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तासमक्ष आग्रह गरे ।