Logo
Logo

प्रचण्ड, माधव र रवि छलफलमा


16.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार लिने विश्वासको मतका बारे प्रतिपक्ष तीन दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले छलफल गरेका छन् ।

नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका सभापति रवि लामिछानेलगायत नेता सहभागी थिए ।

“प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने भन्ने कुरा आयो । प्रतिपक्ष दलको यो विश्वासको मतको सवालमा कसरी जान, साझा धारणाा बनाउने छलफल हो”, बैठकपछि जानकारी दिँदै एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।

दुई ठूला दल मिलेर के के आधारमा सरकार बनेको त्यसबारेमा जानकारी नगराइएको उपाध्यक्ष पाण्डेले बताए । सरकारको साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक नगरिएको पाण्डेले बताए । ‘पर्सी विश्वासको मत माग्ने पनि कुनै इस्यु होला । उहाँलाई विश्वासको मत दिन सकिने नसकिने त्यही बारेमा छलफल ग¥यौं,’ पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्