Logo
Logo

फतुवा विजयपुरमा एकजना राहत शिक्षकलाई दुई विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी


प्रेमचन्द्र झा

3.2k
Shares

राैतहट । फतुवा विजयपुर नगर पालिकास्थित दुई विद्यालयको प्रधानाध्यापकको जिम्मा एक जनालाई दिएपछि नगरपालिका आलोचित भएका छन । आर्थिक चलखेलको आधारमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्थायी शिक्षक हुदा हुँदै राहत शिक्षक सुबोध यादवलाई दुईबटा विद्यालयको प्रधानाध्यापक बनाएको स्थानीयले आरोप लगाएका छन ।

प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले सरस्वती प्राथमिक विद्यालय विजयपुरका प्रधानाध्यापक राहत शिक्षक सुवोध यादवलाई २०८० साल माघ २९ गते देखि प्राथमिक विद्यालय सन्तपुर दोस्तियाका पनि आर्थिक प्रशासनिक समेत हेर्ने गरि जिम्मेवारी दिईएपछि नगरपालिका आलोचित भएका हुन ।

नगरपालिकाको चलानि नम्बर ८८८ को पत्रानुसार उक्त दुबै विद्यालयका प्रधानाध्यापक रहेका यादवसँग सोध्दा आफुले पाएको जिम्मेवारीअनुसार दुबै विद्यालयलाई मिलाएर समय दिँदै आएको बताए ।

सो नगरपालिकाका शिक्षा संयोजक मुकेस साहले प्राथमिक विद्यालय सन्तपुर दोस्तियामा स्थायी शिक्षक हुदा हुँदै राहतको शिक्षकलाई कसरी प्रधानाध्यापक बनाईयो आफुलाई जानकारी नरहेको बताए । सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानसँग यसबारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

शिक्षा विकास तथा समन्वय ईकाई राैतहटका प्रमुख राम विनयकुमार सिंहले फतुवा विजयपुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधानले आँफै जस्तै जिल्लालाई बनाउन खोजेको आरोप लागाए ।

कटहरीया र फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधान भए जस्तै यादव पनि दुईवटा विद्यालयको प्रद्यानाध्यापक हुन पाएको ईकाई प्रमुख सिंहले वताए ।

प्रतिक्रिया दिनुहोस्