काठमाडौं । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको बताए ।

अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको अध्यक्ष लिङ्देनको तर्क छ । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको उनले बताए ।
राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने बताए । अध्यक्ष लिङ्देनले संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुस हुन थालेको सुनाए ।
प्रधानमन्त्री ओलीले भोलि सदनमा विश्वासको मत लिँदैछन् ।














