काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख सचेतकमा श्याम घिमिरेलाई मनोनित गरेका छन् ।

सभापति देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो ।
घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।














