
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
साथै माओवादीले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि निर्णय गरेको छ । प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने र सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।














