Logo
Logo

बहादुरसिंह लामालाई बागमतीको मुख्यमन्त्री बनाउने कांग्रेसको निर्णय


1.1k
Shares

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।

प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्योलता भएकामा आज बिहान हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । लामा संसदीय दलको नेता हुन् । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् ।

प्रदेश सभापति एवं सांसद बानियाँले संविधानको धारा १६८ (२) अनुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार पनि मुख्यमन्त्रीका लागि आकांक्षा राखेका थिए ।

कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यता नेकपा एमाले र राप्रपाले समेत विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्