Logo
Logo

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना


7.6k
Shares

विराटनगर । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रका लागि विराटनगर पुगेका आचार्यको नाकबाट रगत बगेपछि विराट नर्सिङ होममा भर्ना भएका हुन् ।

हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए । हिजो विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौँ फर्कन लागेका थिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्