काठमाडौं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिचौलियाको प्रभावका कारण डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिरेकाहरुको विद्युत लाइन जोड्न प्रधानमन्त्रीले निर्देशन दिएको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले डेडिकेटेड र ट्रंक लाइनका विषयमा प्रधानमन्त्रीले झुट बोलेको भन्दै प्रधानमन्त्रीको निर्देशनमा विद्युत लाइन जोड्न खोजिएको बताएका हुन् ।
आफूले सदनमा साँचो कुरा बोल्दा प्रधानमन्त्रीले बोल्न निषेध गर्न खोजेको उनले बताए । उनले ऐन कानूनका आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल असुल गर्नुपर्ने जिकिर गरे ।
विद्युत लाइन जोड्न प्रधानमन्त्रीले दिएको निर्देशनको विद्युत प्राधिकरणले अवज्ञा गर्नुपर्ने उनको भनाइ छ ।