काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएलगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगका छन् । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।

जहाजमा १९ जना सवार थिए । उद्धारकर्ताले १८ जनाको १शव निकालेका छन् । चालकलाई जिवितै उद्दार गरि केएमसी अस्पताल लगिएको छ । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।