
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेपछि उडान अवतरण प्रभातिवत भएको थियो । तर, उद्धारको काम सकिएपछि केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ ।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने जहाजका क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाज मर्मतका लागि प्राविधिक टोली लिएर पोखरा उडेको थियो । तर, त्रिभुवन विमानस्थलबाट उड्नेवितिक्कै दुर्घटना भएको थियो ।














