Logo
Logo

प्रधानमन्त्रीले लिए विमान दुर्घटनाको ब्रिफिङ


567
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे नेपाल नागरिक उड्डययन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिएका छन् ।

विमानस्थलस्थित घटनास्थलको अवलोकनपछि ओलीले उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताए ।

घटनाबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई प्रधानमन्त्री ओलीले निर्देश दिएका छन् ।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्रि पाण्डे, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्