Logo
Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


1.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा रास्वपाबाट उपसभामुख बनेका इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

रानामगरले ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएका थिए । त्यसबाट उनी विवादमा तानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्