Logo
Logo

शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन


441
Shares

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन गरेको छ । आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

पहिलो पत्रमा प्राप्त भएको कूल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि हटेको छ । अब प्रथम पत्रको परीक्षा ‘छनोट परीक्षा’का रुपमा मात्रै रहनेछ ।

आयोगले लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्