Logo
Logo

विपिन आचार्यको नेतृत्वमा कर्णाली प्रदेशमा विशेष अभियान चलाउने रास्वपाको निर्णय


3.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी छ ।

त्यस्तै, समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ । आजको बैठकले अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएपछि पाँडेले रास्वपा छाडेका थिए । योजना आयोगबाट राजीनामा दिएपछि पुन: पार्टीमा सक्रिय भएका हुन् ।

बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्