Logo
Logo

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त


4.5k
Shares

काठमाडौं । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सबैभन्दा वरिष्ठ सचिव रहेका गड्तौलालाई कामु मुख्यसचिव बनाइएको थियो । उनी २०७७ कात्तिक २७ मा सचिवमा बढुवा भएका थिए ।

गड्तौला कर्मचारी प्रशासनको सबैभन्दा उच्चतह मुख्यसचिवमा पुग्ने पहिलो महिला बनेका छन् । गड्तौला ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछन् ।

प्रतिक्रिया दिनुहोस्