Logo
Logo

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त


6.1k
Shares

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक छन् । बैठकले आयोगका सदस्यहरुमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्