Logo
Logo

सहकारी ठगी नियन्त्रण गर्न प्रभावकारी कानुन निर्माण गर्न महान्यााधिवक्ताको सुझाव


315
Shares

काठमाडौं । महान्यााधिवक्ता कार्यालयले सहकारी ठगी नियन्त्रण गर्न हालको कानुनले समाधान नदिए प्रभावकारी कानुन निर्माण गर्न सुझाव दिएको छ ।

सिंहदरवारमा बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति बैठकमा महान्यााधिवक्ता रमेश बडालले यस्तो सुझाव दिएका हुन् ।

समितिले सुझावका लागि महान्यााधिवक्ता बडाल, सर्वोच्चका बरिष्ठ, रजिष्टार देवेन्द्र राज ढकाल, नायव महान्यााधिवक्ताका साथै सहमहान्यााधिवक्तालाई समितिमा बोलाएको थियो ।

छलफलका क्रममा सहकारी क्षेत्रलाई समस्यामुक्त बनाउनका लागि प्रभावकारी कानुन चाहिने सुझाव आएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । त्यस्तै, सहकारी ठगी सम्बन्धमा सहकारी ऐन अनुसार सहकारी ठगी र अपराध संहिताअनुसार ठगीमा मुद्दा चलाउने समय नपुगेकाले नयाँ प्रवन्ध गर्नुपर्ने सुझाव आएको पनि उनले बताए ।

सहकारी ठगीमा प्रहरीले जाहेरी लिन नमाने सरकारी वलिक मार्फत पनि जाहेरी दिन सकिने प्रवन्ध रहेको जानकारी आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्