Logo
Logo

नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


1.3k
Shares

काठमाडौं । चितवनमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीले मोटसाइकललाई ठक्कर दिँदा चालक भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्तीका ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो ।

बिहीबार साँझ ८ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा नयाँ मेडिकल कलेजमा आज बिहान २ बजे मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने सवारी साधनको खोजतलास भइरहेको चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्