
काठमाडौं । जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् । गएराति १ बजेतिर छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किँदा एकै परिवारका ८ जना घाइते भएका हुन्।
घाइते हुनेमा घरधनी ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीय सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षीय सुजता अधिकारी, १६ वर्षीय संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी रहेका छन् ।
घाइते संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरू घरमै छन् । बाँकी ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डे बताए । यस्तै घाइते सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।














