हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्रीको संख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालय रहेकामा १४ मन्त्री नियुक्त गरिएको छ । शनिबार मुख्यमन्त्री बहादुरसिंह लामाले ४ मन्त्री नियुक्त गरेका छन् । उनीहरुले आजै शपथ लिएका छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । कांग्रेसबाट मन्त्री बनेका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीलाई शपथगत्तै मन्त्रालयको कार्यभारसमेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।

लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बुधवार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ ।