Logo
Logo

प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हामफालिन् धनिसा


4.2k
Shares

काठमाडौं । महाकाली नदीमा हाम फालेर एक युवती बेपत्ता भएकी छिन् । शनिबार साँझ सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हामफालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएकी हुन् ।

धनिसा हामफाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केहीबेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई समात्न नजिकै पुगेका बेला उनी नदीमा हामफालेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले प्रहरीले रोक्दारोक्दै कुँवरले हाम फालेको जानकारी दिए । अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्