Logo
Logo

विमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले अध्ययन सुरु गरिसक्यो : पर्यटनमन्त्री


315
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरको विमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले अध्ययन सुरु गरिसकेको जानकारी दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले विमान दुर्घटना भएपछि सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको र आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षणका साथै ककपिट भ्वाइस रेकर्डरको समेत अध्ययन सुरु गरिसकेको जानकारी दिए ।

दुर्घटनामा परेका १७ जना नेपालीको शव परिवारलाई बुझाइसकेको उल्लेख गर्दै उनले एक विदेशी नागरिकको शव बुझाउने प्रक्रिया सुरु भइसकेको बताए । दुर्घटनापछि मृतकका परिवारलाई बिमा लगायतका क्षतिपूर्ति दिन सौर्य एयरलाई निर्देशन दिइसकेको उनले बताए ।

त्यस्तै उनले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सम्भव भएसम्म रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता सम्बन्धित एयरलाइन्सले जनाएको उल्लेख गरे ।

मन्त्री पाण्डेले हाल नेपालमा आन्तरिक उडानका यात्रा गर्ने यात्रुको दुर्घटना विमान २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन आन्तरिक उडानका लागि बिमा व्यवस्था गर्ने विधेयक तर्जुमाका लागि कार्य अघि बढिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्