Logo
Logo

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीको सम्भावना बलियो


3k
Shares

काठमाडौँ । साउन ९ गते चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै अध्यक्ष पद यतिबेला खाली छ । २ वर्षे कार्यकाल सकिएपछि बिहीबार मात्रै बोर्डबाट उनलाई बिदाइ गरिएको हो ।

अध्यक्ष पद खाली भएसँगै चलचित्रकर्मीले सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस निकटका चलचित्रकर्मीहरू बोर्डको अध्यक्ष बन्ने दौडधुपमा छन् ।

सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, अभिनेत्री करिश्मा मानन्धर, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा बोर्डको अध्यक्ष बन्ने दौडमा छन् ।

सबै आ-आफ्नो नजिकका नेता तथा शक्ति केन्द्रमा धाइरहेका छन् । एमाले निकट एक नेताका अनुसार बोर्डको अध्यक्षका लागि एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षसमेत रहेका सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसीको सम्भावना बलियो छ ।

डीसी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट मानिन्छन् । उनी पोखरेलमार्फत् अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पहुँचका लागि प्रयासरत छन् । डिसी डिसीलाई जनपक्षीय चलचित्रकर्मी संघले अध्यक्षका लागि सिफारिस गरिसकेको छ । उक्त सिफरिस प्रधानमन्त्री केपी ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको अलावा एमाले पार्टी कार्यालयमा पनि पुगेको छ ।

डिसीसँगै एमालेबाटै अभिनेत्री करिश्मा मानन्धर पनि अध्यक्षका लागि दौडमा छन् । करिश्मा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकोे आग्रहले पार्टीमा प्रवेश गरेकी हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एमालेका पृथ्वी सुब्बा गुरुङ छन् । चलचित्र विकास बोर्ड सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्